धनगढी : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश माथी अभियोग लगाएर हटाउनुपर्ने कुरा नाजायज भएको बताएका छन् । एमाले अध्यक्ष केपी सर्मा ओलीले बोलेको बिषय गलत भएको भन्दै नेपालले साहसी निर्णय गर्ने प्रधान न्यायाधीश हटाउने तर्क गलत भएको बताएका हुन् ।
कञ्चनपुरको पार्टी कार्यालय उद्घाटन तथा कार्यक्रता भेलालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका नेपालले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै तत्काल प्रतिनिधिसभा निर्वाचन असम्भव रहेको र पुर्ण कार्यकालपछि गठबन्दन गर्दै निर्वाचनमा जाने बताएका हुन् ।
बिहिबार बिहानै कञ्चनपुरको पार्टी कार्यालय उद्घाटन तथा कार्यक्रता भेलालाई सम्बोधन गर्न धनगढी बिमानस्थल पुगेका माधव नेपालले केपी ओलीले एमालेलाई आफ्नो प्राइभेट कम्पनिझैँ बनाएर ब्यक्तीबाद हाबी गरेपछि सो पार्टीबाट छुट्टिनु परेको बताए ।
कम्युनिस्ट आन्दोलनलाई सफल पार्न दुई पार्टी एकता गर्दै ठुलो पार्टी बनाएर काम थालिएको थियो नेपालले भने ‘तर हामी नेता र आम कार्यक्रता सोचेका सबै सपना केपी ओलीले उडाइदिए, भएको पार्टीलाई बिखण्डन तर्फ लगे, करिब दुई तिहाइको संसदनै बिघटन गरिदिए, र एमाले समेत फुटाएरै छाडे ।’ पार्टी निर्माण गरेका हामीजस्ता संस्थापक नेताहरुलाइनै लत्याउने काम ओलीले नै गरे नेपालले भने ‘हामीहरुलाई पार्टीबाट निकाल्ने चलखेल ओलीले नै गरे अनी अर्कै पार्टी खोल्नुपरेको हो ।’
दुई÷दुई पटक संसद बिघटन गरेका ओलीको कदमलाई सच्याएर साहसिक निर्णय गर्ने प्रधान न्यायाधीशहरुलाई महाअभियोग लगाउने ओलीका तर्कपनि नाजायज हो उनले भने ‘आफुले गरेका निर्णय उल्ट्याएको भन्दै ओली रिशको झोकमा नाजायज कुरा बोलिराख्नुभएको छ हाम्रो गठबन्दनमा प्रधान न्यायाधीशलाई महाअभियोग लगाउने कुनै कुरा भको छन ।’
नेपालले अर्ली इलेक्सनको कुरापनि असम्भव रहेको बताए । केपी ओलीले दुई÷दुई पटक बिघटन गरेको संसदलाई पुनसर््थापना गर्न बिभिन्न दलले गरेको मेहेनत खेर जाने गरी काम हुँदैनन् नेपालले भने ‘का अहिलेनै अर्ली इलेक्सन हुन्छ त बरु प्रतिनिधीसभा, राष्ट्रियसभाको उप निर्वाचन हुन्छ, निर्वाचन आयोगले चैतमा स्थानिय तहको चुनाव गर्ने भनेको छ ति चुनाव हुन्छन् ।’
हाल रहेको ५ दलिय गठबन्दनले चुनावसम्मै गठबन्दन कायम राख्ने नेपालले बताएका छन् । आगामी निर्वाचनमा समेत गठबन्दन गरेर निर्वाचन लड्छौँ उनले भने ‘आफ्नो पार्टीले कसैसंग एकता नगर्ने तर चुनावी गठबन्दन गरेर केपी ओलीलाई पछार्नेछौँ ।’
पार्टीले निर्वाचन आयोगबाट चुनाव चिन्ह कलम समेत प्राप्त गरिसकेको बताउँदै नेपालले अब सशक्त भएर जनताका बिचमा जाने बताए । सुर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गर्दै नेपालले अब जनता सत्य र न्यायको पक्षमा आफ्नै पार्टी रोज्ने बताए ।