धनगढी। देशका अधिकांश स्थानमा एमालेको नगर र वडा अधिवेशन भइसकेपनि सुदूरपश्चिम प्रदेशमा कात्तिक १२ र १५ गते हुने भएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा बाढी र पहिरोबाट ठूलो क्षति पुगेपछि अधिवेशनहरू सारिएको एमाले सुदूरपश्चिमले जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै १२ र १५ गते हुने अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरण गर्न समेत आग्रह गरिएको छ । तर बाढी तथा पहिरोबाट कम क्षति भएका तथा तयारी पूरा भएका केही क्षेत्रमा भने अधिवेशन सकिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए। बाढी तथा पहिरोबाट कम क्षति भएका तथा तयारी पूरा भएका केही क्षेत्रमा भने अधिवेशन सकिएको एमाले प्रदेश सचिव रावलले जानकारी दिए।
ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको सचिव रावलको भनाई छ। बाँकी रहेका क्षेत्रमा १२ र १५ गते अधिवेशन गर्ने तयारी भइरहेको छ ।प्रदेशमा हालसम्म डडेल्धुराको एक वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ। बाढी पहिरोबाट हजारौँ स्थानीय गन्तव्यसम्म पुग्न सकेका थिएनन् । यस्तो अवस्थामा अधिवेशनमा सबै सहभागी हुने सम्भावना कम भएको र तत्काल राहत तथा उद्धारको लागि खटिन आवश्यक देखिएको हुँदा प्रदेशमा १२ गते वडा र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको थियो ।