कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीको जोखिम मोलेर स्थानीयहरु दाउरा ल्याउन बेस्त देखीन्छन् । गत साताको भारी वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको तटीय क्षेत्रमा ठुलो असर गर्यो।सबैभन्दा बढी भिमदत्त नगरपालिकाको भुजेला क्षेत्रमा प्रभावित बनेको थियो। अर्कोतिर महाकालीको डरलाग्दो छालहरूको बेवास्ता गर्दै स्थानीयहरू बाढीमा बगेर आएका दाउरा टिप्न लागिपरेका छन् । बर्सेनी असार साउनमा स्थानीयहरू महाकाली बाढीको जोखिम मोलेर बगेर आएका दाउरा टिप्ने गर्दछन् ।स्थानीय दिलु चुनारा घर नजिक वन नहुँदा घाँस र दाउराको प्रायः अभाव हुने गरेको बताउँछन् । उनकाअनुसार दाउरा टिप्ने क्रममा कहिलेकाहीँ मानवीय क्षति पनि हुनेको गर्छ। अहिले दिनहुँजसो कञ्चनपुरको महाकाली नदीको तटीय क्षेत्रका स्थानीयहरू महाकाली नदीले बगाएर ल्याएका दाउरा टिप्नमा व्यस्त बनेको दृश्य देख्न सकिन्छ ।यसरी महाकाली नदीको जोखिम मोलेर दाउरा ल्याउन सर्तकता अपनाउन जरुरी छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.