धनगढी। धनगढीमा भोली र पर्सी भेरोसेल खोपको दोश्रो मात्रा लगाइने भएको छ । धनगढी उपमहानगरपालिकामा कार्तिक १० र ११ गते (भेरोसेल)पहिलो खोप लगाएका सम्पुर्णलाई कोभिड १९ विरुद्धको दोश्रो मात्राको भेरोसिल खोप लगाउने भएको हो।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा कोभिड-१९ विरुद्धको खोप लगाउने बताउदै वडा नम्बर १९ मा भने ११ र १२ गते कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाइने जानकारी दिए ।
१८ बर्ष माथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरेका छन।