धनगढी : लगातार तिन दिनसम्म परेको बैमौसमी बर्षाले सुदूरपश्चिमका अधिकाशं ठाउँमा निकै क्षती पु¥यायो । क्षती भएका जिल्लाहरुमा प्रधानमन्त्री शेर बहादूर देउवाले निरिक्षण गरिसकेका छन् । ग्त बिहिबार कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ र बैतडीको प्रभावित क्षेत्रमा देउवा पुगे । क्षती भएको ठाउँमा नपुगेपनि देउवाले आकासबाटै सो ठाउँको निरिक्षण गरे । नत देउवाले त्यहाँका पिडितको गुनासो सुने त सरकार भएकै अनुभुती दिए ।
केही क्षेत्रमा हेलिकप्टर ल्याण्ड गरेर निरिक्षण गरेपनि देउवाले अधिकाशं क्षेत्रमा आकासबाटै निरिक्षण गरे । प्रभावित क्षेत्रमा पुगेका देउवाले छिट्टै राहत प्याकेज घोषणा गर्ने आश्वासन बाँडे र राजधानी फर्के । तर अहिलेसम्म न कुनै राहतकै प्याकेज आयो न कुनै क्षतीपुर्ती नै ।
प्रधानमन्त्री सेनाको हेलिकप्टर लिएर भ्रमण गरेर फर्किसके । अब प्रदेश सरकार भ्रमण र निरिक्षणमा तम्सिएको छ । राहत बाँड्नका लागी भन्दै सुदूरपश्चिम सरकारले एक साताकै लागि सेनाको हेलिकोप्टर माग्यो । शुरुका दुई दिन घाइतेको उद्धारमा सेनाको हेलिकप्टर प्रयोग भयो भने अहिले राहत बाँड्नमा प्रयोग भइरहेको छ ।
प्रदेश सरकारले राहत उपलब्ध गर्ने घोषणा गर्दै राहत लिएर त गयो तर राहत भन्दा बढी नेता थुपारेर लगेपछि सरकारको आलोचना भइरहेको छ । बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेर प्रधानमन्त्री फर्किसक्नुभयो बझाङका पवन बोहराले भने ‘प्रधानमन्त्रीले हेरेर गइसक्नुभयो ल प्रदेश सरकारलाइनि हेर्ने रहर लागेको भए उकजना मन्त्री आएर निरिक्षण गरेको भए हुने संगै राहतपनि अली बढी आउँथ्यो याँ त राहत भन्दा बढी नेता र मन्त्री आए कहाँबाट बढी राहत पुग्थ्यो त ।’
खप्तड छान्नामा मात्रै धेरै प्रभावित छन् तर प्रदेश सरकारको राहत पाँच क्वून्टल चामल आएको छ उनले भने ‘यो राहतले कति दिन खान पुग्छ होला यहाँका पिडितलाई एक परिवारलाई एक कठ्ठा चामल पुग्ने गरी त ल्याउनुपर्छ ।’
पिडितलाई सरकारको यो लस्कर चाहिएको होइन डोटीका चक्र बमले भने ‘हेलिकप्टरमा राहत आउँदैछ भन्ने सुनेको थिए हेर्दा त नेता मात्रै अनी केही पत्रकार आउनुभयो राहत त ति मान्छेजती नी छैन ।’ ल एकजना सरकारको प्रतिनिधीका रुपमा आउनु ठिकै हो, मुख्यमन्त्री, सभामुख, मन्त्री, मन्त्रीका पिए, प्रदेशका नेताहरु ल्याएर हेलिकप्टर भरेका छन् भनेको छ राहत ल्याए भनेर यस्तोपनि हुन्छ ?’
सुदूरपश्चिम सरकारले मृतकका परिवारलाई एक लाख २० हजार र घरमा क्षति भएको परिवारलाई ५० हजार दिने घोषणा गरेको छ । प्रदेश सरकारले तीन पहाडी जिल्ला डोटी, बैतडी र बझाङमा राहत वितरण गरेको जनाएको छ । चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका सामग्री वितरण गरेको प्रदेश सरकारको दाबी छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा क्षतिको अनुगमनका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली आइतबार पहाडी जिल्ला गएको थियो । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा गएको टोलीमा सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री माता तामाङ बोहरा, प्रदेश सभा सदस्यहरु भरत खड्का, प्रेमप्रकाश भट्ट, पूर्वमन्त्री भानुभक्त जोशी, संविधानसभा सदस्य हर्कबहादुर सिंह लगायतको सहभागिता थियो ।
उनीहरुको टोली बझाङको थलारा गाउँपालिका–४ डिक्ला, खप्तडछान्ना गाउँपालिका, बैतडीको सिगास–५ ढुंगाड, डोटीको आदर्श गाउँपालिका–६ बबिनाथ र सायल गाउँपालिका–५ देवरमाण्डौं पुगेको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले तीन जिल्लामा २२ क्वीन्टल चामल वितरण गरिएको बताइन् । ‘हामीले नेपाली सेनालाई एक साताका लागि हेलिकोप्टर सुदूरपश्चिम पठाइदिन आग्रह गरेका थियौँ,’ मन्त्री जोशीले भनिन्, ‘घाइतेको उद्धार, राहत वितरण र निरीक्षण गरेका छौँ । खर्च कति लाग्छ अहिले निश्चित छैन ।’
वर्षाका कारण आएको बाढीपहिरोमा परेर सुदूरपश्चिममा ३७ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता छन् ।