धनगढी। बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका छन् ।
पीडितको दुःख बुझ्न आएको बताउदै पौडेलले प्याकेजमै राहत बाँढ्नुपर्ने भन्दै सरकारलाई आफुले यस विषयमा घचघच्याउने बताए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरवाट भ्रमण गरेर फर्किएका थिए ।
पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझैपनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताए । दुईदिने सुदूरपश्चिम भ्रणममा निस्किएका पौडेलले आजै महेन्द्रनगरमा बाढी पीडितसँग भेटघाट र बेलौरीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसहित बाढी पीडितलाई भेटघाट कार्यक्रम रहेको बताइएको छ।