बझाङ। बझाङस्थित सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका ४ भेलाद घरभएकी अन्दाजी १९ वर्षकी सिमा कुमारी बोहराले सदरमुकाम नजिकैबाट सेति नदीमा हाम फालेकी हुन् ।
उनी हाल जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा बस्दै आएकी थिइन्। बोहराले आज बिहान पौने दश बजेतिर रिङ्गरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ । शुक्रबार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनारले सेती नदीमा हाम फालेका थिए।