प्रधानमन्त्री शेर बहादूर देउवा बझाङ पुगेका छन् । पहिरोबाट भएको क्षतीबारे जानकारी लिन देउवा बझाङ पुगेका हुन् । उनि सहित अर्थ मन्त्री जनार्दन सर्मा, नागरिक उड्यान, संस्कृती तथा पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि बझाङ पुगेका हुन् । उनले बझाङमा त्यहाँका जनप्रतिनिधी तथा स्थानियबाट क्षतीबारे जानकारी लिएका छन् ।
आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ। भने २४ जना अझै बेपा छन्। यस्तै १६ जना घाइते भएको तथ्यांक छ।
त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र पर्शुराम नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृहजिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ। कैलाली कांग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ। प्रधानमन्त्री देउवा शुक्रबार संघीय राजधानी काठमाडौं फर्किने छन्।