प्रधानमन्त्री शेर बहादूर देउवा डोटीको दिपायल पुगेका छन् । बाढीपहिरोबाट पुगेको क्षतिको निरीक्षण गर्न देउवा सुदूरपश्चिम प्रदेश पुगेका हुन् । तालिका अनुसार सुरुमा निरीक्षणका लागि देउवा डोटी पुगेका हुन् ।
उनले दिपायलमा जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्।
आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ। भने २४ जना अझै बेपा छन्। यस्तै १६ जना घाइते भएको तथ्यांक छ।