अविरल बर्साका कारण बाढी पहिरो तथा डुबानमा परेकाहरुको तत्काल उद्दार गरि क्षतिपुर्ती उपलब्ध गराउन नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीले माग गरेको छ । माओवादी केन्द्र कैलाली जिल्ला कमिटी सदस्य तथा गोदावरी नगर कमिटी सयोजक धर्म शिह कुँवरले आज एक बिज्ञपति जारी गर्दै डुबान तथा पहिरो बाट प्रभावितलाई उद्दार गरि राहत उपलब्ध गराउन माग गरेका हुन् ।
साथै पार्टीले सबैलाई सतर्क हुन आग्रह गर्दै आफ्ना कार्यकर्ता हरुलाइ उद्दारमा खटिन निर्देशन दिएको छ । बाढी पहिरो मा परि मिर्त्यु हुने प्रती श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले घाइतेको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।