अत्तरिया : कैलालीको अत्तरियामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकोे गोदावरी नगरकमिटी भेला कार्यक्रम सम्पन्न भएको छ । एमाले गोदावरी नगर कमिटीको आयोजनामा आज भएको भेलाले बिभिन्न निर्णहरु गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा एमालेको देशैभर यहि कार्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अबिधेशन हुनलागेकाले गोदावरीमा उक्त अधिवेशन सम्पन्न गर्न आजको भेलाले ९ वटा उपसमितीहरु गठन गरेको जिल्ला सदस्य तथा गोदावरी नगरकमिटी सचिव आनन्द भट्टले जानकारी दिए ।
जसमा अध्यक्ष मण्डल, निर्वाचन मण्डल, बहस नगरकमिटी, मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वयमसेवक परिचालन, अतिथी सत्कार सामाग्री निर्माण, प्रतिवेदन लेखन समिती र प्रचार प्रसार समिती गठन गरेको उनले बताए । त्यस्तै प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र नगर पदाधिकारीहरुको कार्य बिभाजन समेत गरिएको जनाईएको छ ।
नगरकमिटी अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भएको भेलामा पार्टिका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला सह ईन्चार्ज लिला भण्डारी प्रमुख अतिथी रहेका थिए भने प्रदेश सदस्य मान बहादुर रावल बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा गोदावरी नगर क्षेत्रका एमालेका नेता तथा कार्यकर्ताको उपस्थिीती रहेको थियो ।