धनगढी,२९ असोज । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा.रणबहादुर रावल मुख्यमन्त्री बन्न निकै दौडधुपमा छन् । उनि अहिले काठमाण्डौँमा नेताहरुसंग भेटघाटमा ब्यस्त छन् । सुदूरपश्चिम प्रदेश सरकारले गठबन्दनबाट काग्रेंसलाई वाइपास गरेर अगाडी बढेको भन्दै उनि नेताहरुसंग छलफलमा छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्री बन्न रावलले देउवा र प्रचण्डसंग भेट गरेको बताइएको छ । संसदीय दलका नेता डा रावलले देउवा र प्रचण्डलाई सुदूरपश्चिमको बिकसित राजनीतिका बारेमा जानकारी गराएको बताईएको छ ।
प्रधानमन्त्री देउवा संगको भेटमा रावलले देउवालाई सुदूरपश्चिम प्रदेशमा गठबन्धन प्रभावकारी नभएको जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले यो बिषयमा प्रचण्ड र नेपाल संग कुरा गरी निश्कर्षमा पुगाउने आश्वासन दिएको बताइएको छ ।
दशै लगत्तै सर्बदलिय गठनबन्धनको बैठक गरी चाडै टुङ्गोमा पुग्ने देउवाले बताएको नेता रावलले बताए । अध्यक्ष प्रचण्डले आगामी दिनमा गठबन्धनको मर्म अनुरुप नै अगाढी बढ्ने बताएको डा रावलको भनाई छ । नेता रावलले केहि दिन अघि मात्रै सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेस मतदान नगरी तटस्थ बसेको थियो । हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् । प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दुई दलमा २ सांसद छन् । दुई मध्ये एक जना जसपा र एक जना लोसपाका सांसद हुन् ।