धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले अपागंता भएका ब्यक्तीहरुलाई खाना खुवाएर दशैँ मनाएका छन् । आज अष्टमीको दिन पारी उनले आफ्नो वडाका अपागंता भएका ब्यक्तीहरुलाई खाना खुवाएका हुन् ।
सधैँको दशैँमा अपागंता भएका ब्यक्तीहरुलाई खाना खुवाउँदै उहाँहरुसंगै दशैँ मनाउने ऐरले यस बर्षपनि उनिहरुसंगै दशैँ मनाएका हुन् । अपागंता भएका ब्यक्तीहरुलाई दशैँका बेला माशु भात खुवाउने योजना बनाएर आज खुवाएको अध्यक्ष ऐरले बताए । सामान्य खर्चमा उहाँहरुलाई खाना खुवाएको उनले बताए । धनगढी ३ का करिब २० जना अपागंता भएका ब्यक्तीहरुलाई उनले खाना खुवाएका हुन् ।
आजै अपागंता भएका ब्यक्तीहरुका लागी धनगढी ३ मा निर्मित भवनको उद्घाटनपनि गरिएको छ । प्रदेश सरकारको बजेटमा निर्माण गरिएको सो भवनको उद्घाटन वडा अध्यक्ष ऐरले गरेका हुन् । यो भवनले अपागंता भएका ब्यक्तीहरुलाई सहयोग पुग्ने अपेक्षा लिइएको छ ।