धनगढी । आज फूलपाती । सरकारी कार्यालयहरु सबै सुनसान छन । तर, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोभिड संक्रमितको उपचारमा सहजता ल्याउन सक्रिय रहेको छ ।
मंगलबार विहान मन्त्रालयकी मन्त्री पूर्णा जोशीकोमा फोन बज्यो । उनले फोन उठाउँदा कैलाली जिल्ला अदालतमा कार्यरत कोभिडबाट प्रभावित बझाङकी ३५ वर्षिय महिलाको उद्दारका लागि आफन्तले आग्रह गरे ।
मन्त्री जोशीले फोन उठाएपछि २२ गतेदेखि भर्ना भएकी उनको अवस्था जटिल भएको गुनासो आयो । मन्त्री जोशी कोभिड जोखिम नियन्त्रण तथा व्यवस्थापन समितिकी संयोजक हुन ।
मन्त्री जोशीले भनिन् –‘मैलेनै विमानसँग कुराकानी गरी संक्रमितलाई धनगढीदेखि काठमाडौं पठाएको छु ।’ मन्त्री जोशीले महामारी र विपदको समयमा जनताको सहयोगका लागि सक्रिय रहेको बताइन । उनले भनिन –‘दशैंतिहारभन्दा पनि आम नागरिकको सेवा र उद्दारका लागि मन्त्रालय सक्रिय रहेको छ ।’
महिलाको उद्दार
बझाङको बुंगलकी ३५ वर्षिय महिलाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । कोभिड संक्रमणबाट जटिल बन्दै गएकी उनको मंगलबार हेलिकोप्टरबाट उद्दार गरिएको हो ।
कोभिड(१९ जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषबाट महिलाको श्री एयरलाईन्सबाट उद्दार गरिएको मन्त्री जोशीले बताइन ।