धनगढी । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगपालिका (११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।
घाइतेको डडेलधुरा उप क्षेत्रीय अस्पतालमा उपचार हुँदै । जसमा ५ महिला र दुई बालबालिका रहेकोे ट्राफिक प्रहरी बिकास बहादुर चन्दले जानकारी दिएका छन् । घाइतेहरू खतरा मुक्त रहेको जनाइएको छ । धनगढी बाट बाजुरा जाने ना ७ ख १७४ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो । चालक कमल ऐडी र बस मालिक पृथ्वी रावलसहित प्रहरीहरु अहिले पनि घटनास्थलमै छन । ब्रेक फेल भएर भएको घटनामा धन्न कसैको ज्यान गएन ।