धनगढी। धनगढी बिमानस्थलमा विमान उडान आंशिक खुल्ला भएको छ । समिटको विमानलाइ रेलवेबाट हल्का किनार राखी उडान सुरु गरिएको हो। धनगढीबाट बाजुराका लागि उड्दै गरेको समिट एयरको जहाज धावन मार्गमै ग्राउण्डेड भएपछि धनगढी बिमानस्थलमा साँझका सबै उडानहरु अवरुद्ध भएका थिए।
नेपालगञ्जबाट साँझ धनगढी आईपुगेका ईञ्जिनियरहरुको टोलीले जहाजको पांग्राको लक खोलेपछि धक्का दिएर जहाजलाई धावन मार्गको किनारमा पु¥याएपछि हवाई सेवा सुचारु गरिएको हो ।
जाममा परेको श्री काठमाडौ उडान भरेको छ भने बुद्धको विमान नेपालगञ्जबाट धनगढी अवतरण गरेको छ । सोमबार अपरान्ह समिट एयरको विमान रन वे मा टायर जाम भएर उडान नभएपछि जाम भएको थियो।
धनगढी बिमानस्थलमा अवतरण भएको श्रीएयरको जहाज झण्डै दुई घण्टा पछि काठमाडौँका लागि उडेको छ । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको एउटा जहाज नेपालगञ्जमा अवतरण गरिएको छ भने साँझ ५ बजे काठमाण्डौंबाट उड्नु पर्ने अर्को जहाज राति ७ बजेसम्म उड्न सकेको थिएन।