बझाङ। नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा विजयी भएका छन्। आज शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई हराउँदै बोहरा सभापतिमा निर्वाचित भएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षीय विजयी बोहराले ८७७ मत पाउँदा उनका प्रतिद्वन्द्वी भण्डारीले ५०८ मत ल्याएका हुन्। यसैगरी उपसभापति बर्क रोकाया ६५७, मानबहादुर कठायत ६३८ मत ल्याएर विजयी भए।
सचिवमा ८२७ मत ल्याउने उत्तम रोकाया र ७४२ मत ल्याउने झलक कठायत विजयी भएका छन्। नयाँ कार्य समितिको सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए। सहसचिव दलिततर्फ सुनिल दमाई र मङ्गल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह चुनिए। सभापतिमा पराजित भण्डारी पनि देउवा समूहकै हुन्।