धनगढी। सुदूरपश्चिमबाट २ जना मन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीका प्रेम आले र दार्चुला कांग्रेसबाट समानुपातिक सांसद दिलेन्द्रप्रसाद बडु मन्त्री बनेका हुन्।
बडुलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिईएको छ भने आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्। सरकार गठन भएको ८८ दिनपनि देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ। आज साँझ मन्त्रीहरुको शपथ रहेको छ। आज विस्तार गरिएको मन्त्रिपरिषद्मा सुदूरपश्चिमबाट दुई मन्त्री बनेका हुन् ।
यस्तै, सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको जिम्मेवारी टुंगिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मन्त्रिपरिषद विस्तारका क्रममा देउवाले यसअघिका मन्त्रीको मन्त्रालयगत जिम्मेवारी पनि फेरबदल गरेका छन् ।(हेर्नुहोस सुचि)