नेकपा एमालेका केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
आज बिहान काठमाण्डौमा बसेको समाजवादी पार्टीको सातौ बैठकमा अध्यक्ष माधव नेपालले जोशीलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।
बझाङ जिल्ला क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्र बाट संविधान सभा सदस्यमा निर्वाचित पूर्ब बन मन्त्री जोशी एमालेमा भूमिका बिहीन बनाईएपछि नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका हुन् । उनी निकट बझाङका एमाले कार्यकर्ताहरु यसअघि नै समाजवादीमा प्रवेश गरिसकेका थिए । जोशी नेकपा एमाले बझाङका प्रभावशाली थिए ।