धनगढी। सुदूरपश्चिम प्रदेशका महिला क्रिकेट खेलाडीलाई जर्सी वितरण गरिएको छ। नेपाल परिवार दलका युवा नेताद्धारा सुदूरपश्चिम प्रदेशका १४ जना महिला क्रिकेट खेलाडीलाई आवस्यक पर्ने जर्सी वितरण गरिएको हो। नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले एक कार्यक्रमका बिच आज धनगढीमा महिला क्रीकेट खेलाडीलाई जर्सी सहयोग तथा बितरण गरेका हुन् । लक्ष्मि साउँद, रुबी पौदार, कविता कुवंर, शोभा रोकाया, मनिसा उपाध्याय, स्नेहा महरा, लक्ष्मी खड्का, ईश्वरी बिष्ट, मनिसा चौधरी, कृतिका मरासनी, कृति भण्डारी, मञ्जु खड्का, मनिसा बोहरा, चेतना कुवंरलाई जर्सी बितरण गरिएको जानकारी दिए । जर्सी वितरण गर्दै संयोजक नागरीले खेलाडी देशका गहना भएकोले उनीहरुलाई सम्मान गरीनुपर्ने बताए।संयोजक नागरीले खेलाडीहरु खेलमै केन्द्रित हुने भएकाले सरकारले उनीहरुको उचित खानपान र स्वास्थ्यको पुर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन्। सरकारले सामान्य रुपमा भएपनी खेलाडीलाई सम्मान तथा प्रोत्साहन गर्न नसकेको बताउँदै पार्टीका युवा नेताले यसरी सहयोग गर्नु उदाहरणीय काम भएको बताए। यस्तै देशमा धेरै पार्टिहरु भएपनी अरु पार्टीले खेलाडीको ब्यवस्था नगरेकोले नेपाल परिवार दलले खेल र खेलाडीको लागी सहयोग तथा प्रोत्साहन गर्दै आइरहेको जानकारी दिए । यस्तो सर्हानिय काम राज्य र अन्य राजनितीक दल तथा पार्टी, निकायले पनी गर्नुपर्ने कुरामा जोड दिए । साथै खेलाडीहरुले जर्सी बितरण र सहयोग गरेकोमा दलका नेता खडक नागरी र नेपाल परिवार दललाई धन्यवाद दिएका छन् । साथै आगामि दिनमा पनि सहयोग गर्ने युवानेता नागरीले प्रतिब्दता ब्यक्त समेत गरेका छन्। कार्यक्रमका पिस फर्सका सयोजक दिनेश राना र महिला सघकि नेतृ रामा चन्द स्पीप सयोजक अजय जैरूको कार्यक्रममा सहभागी रहेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.