डोटि। नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा डोटिको सिलगढीमा फुटबल प्रतियोगिता सुरु भएको छ। खेलकुद मनोरञ्जन कार्यक्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा डोटि जिल्ला स्तरिय फुटबल प्रतियोगिता सिलगढीको टुडिखेलमा आज देखी असोज २२ गते सम्म फुटबल प्रतियोगिता सुरु भएको हो ।
जिल्ला स्तरिय फुटबल प्रतियोगिताको स्वागत मन्तव्य ब्यक्त गर्दै धन बहादुर रावतले प्रत्येक वर्ष झैँ बडा दशैँको अवसर पारि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । दशैँको अवसरमा आयोजना गरिएको प्रतियोगिताले मनोरञ्जनका साथै खेलप्रतीको आर्कषर्ण बढाउने गरी आजबाट फुटबल प्रतियोगिता सुरु भएको जानकारी दिए।
यस्तै, कार्यक्रमका प्रमुख अतीथी तथा बोगटान फुडसील गाउँपालीकाका अध्यक्ष कमल गडसीलाले फुटबल खेल, खेलमा मात्रै सिमती नभएर देशलाई चिनाउने माध्यम भएको बताए । प्रमुख अतीथी गडसीलाले व्यक्ती, समाज हुँदै देशलाई नै समृद्ध बनाउनमा पनी खेलकुदको उत्तिकै महत्वपुर्ण भुमीका हुने भएको जानकारी दिए । साथै उनले बोगटान फुडसील गाउँपालीकाले पनी सधै यस्तो कार्यमा युवाहरुलाइ साथ दिइरहेको र अन्य गाउँपालीकाले दिनुपर्ने कुरा बताएका छन् ।
पछील्लो समय खेलकुद गतीबीधीहरु शुन्य जस्तै भएकाबेला स्थानीय तहलाइ घचघच्याउन, खेलाडीहरुको पहिचान गर्न र खेलाडीलाई पनी खेल प्रतीको लगाब बढोस भन्ने हेतुले जिल्ला स्तरीय फुटबल प्रतीयोगीताको आयोजना गरेको नयाँ युवा नयाँ सोच नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द दिप मडैले बताए । बोगटान फुडसील गाउँपालीकाको मुख्य आर्थिक सहयोग तथा आदर्श गाउँपालीका, दिपायल सिलगढी नगरपालीकाका ५,६,७ र ९ नम्बर वडा,जोरायल डेलिसियस होटल, वलि प्याथोलोजी, पर्यटन बोर्ड डोटिको सहयोगमा दिपायल सिलगढी नगरपालीकामा आयोजना भइरहेको डोटि जिल्ला स्तरिय फुटबल प्रतियोगितामा विजेताले नगद पुरस्कार ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता पुरस्कार नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।
उक्त प्रतीयोगीतामा के आइ सिंह ,मोहनसी डिसेन्डेन्ट्स युनाइटेड नेपाल “ए” र “बि”, मिलन चोक एफ सि, खप्तड बोइज, सिलगाउँ फुटबल क्लब, लंकन लायन्स, शिखर फुटबल क्लब र शिखर बोइज एफ सि गरी ९ वटा टीमको सहभागीता रहेको नयाँ युवा नयाँ सोच नेपाल संस्थाका केन्द्रीय कार्यक्रम संयोजक बिनोद खत्रीले उद्घाटन समारोह सञ्चालनको क्रममा जानकारी दीएका हुन् । यस्तै आज भएको पहिलो खेलमा के आइ सिंहले मोहनसी बि लाइ २-१ ले तथा मिलनचोक एफ सि ले खप्तड एफ सि लाई २-० ले हराउँदै अर्को चरण प्रवेश गरेका छन् ।