धनगढी : कैलाली उद्योग बाणिज्य संघले सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख भएर आएका सशस्त्र प्रहरी नायब महानिरिक्षक दुर्गा भट्टराईलाई स्वागत गरेको छ । आज उद्योग बाणिज्य संघको कार्यालयमै बोलाएर सशस्त्र प्रहरी नायब महानिरिक्षक भट्टराईलाई स्वागत गरेको हो ।
शुरक्षा निकाय तथा प्रशासनमा सरुवा भएर आउने अधिकारीहरुलाई स्वागत तथा सम्मान गर्ने परम्परा अनुसार उद्योग बाणिज्य संघले सशस्त्र प्रहरी नायब महानिरिक्षक भट्टराईको स्वागत गरेको हो । भट्राइलाई मायाको चिनो प्रदान गर्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले स्वागत गरेका हुन् ।
सशस्त्र प्रहरी नायब महानिरिक्षक भट्टराईलाई स्वागत गर्दै अध्यक्ष कुँवरले ब्यवसायी र सशस्त्र प्रहरीको सहकार्यमा यहाँका घटना, भइपरी आउने बिपदसंग जुध्नुपर्नेमा जोड दिए । कैलाली जिल्ला खुला सिमानाका संगै शुरक्षाका दृष्टीकोणले जोखिम जिल्ला भएका कारण सशस्त्र प्रहरीले चनाखो बन्नुपर्नेमा उनले जोड दिए । यहाँको बिकासका लागी शुरक्षा निकायसंग निजि क्षेत्र सहकार्य गर्न तयार रहेको अध्यक्ष कुँवरले बताए । यस्तै खुला सिमानाका कारण चोरी छिपि हुने तस्करी नियन्त्रणमापनि सशस्त्र प्रहरी थप गम्भिर बन्नुपर्नेमा उनले जोड दिए ।
स्वागत पश्चात बोल्दै सशस्त्र प्रहरी नायब महानिरिक्षक भट्राइले सबैको सहकार्यमै अपराधिक क्रियाकलाप रोक्न सकिने बताए । निजि क्षेत्र संगै आम नागरिक र राज्यको सम्पतिको शुरक्षा संगै सिमाको शुरक्षा गर्ने आफ्नो दायित्वबाट सशस्त्र प्रहरी नपन्छिने भट्राइले बताए । चोरी छिपि हुने तस्करी नियन्त्रणमापनि सशस्त्र प्रहरी थप सक्रिय बन्ने उनले बिश्वास दिलाए ।
कार्यक्रममा अधिवक्ता बिर बहादूर जेठारा, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, पुर्व अध्यक्ष जगत साउँद लगायत ब्यवसायीहरुले सशस्त्र प्रहरी नायब महानिरिक्षक भट्राइलाई यहाँको शुरक्षा र सिमा समस्या समाधानका लागी सुझाव दिएका थिए । अबैध तस्करी नियन्त्रण संगै ब्यवसायीलाई परेका समस्या समाधान गर्नुपर्नेमा ब्यवसायीहरुले जोड दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शिद्धराज पनेरुले गरेका थिए ।