धनगढी, १५ साउन । यहि साउन २५ र २६ गते आएको बाढीले कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ताको काठेपुल बगाएको छ ।
बसन्ता र तिघरी, सिउपुर जोड्ने कटैनी नदिको काठेपुल बगाएर लगेको वडा अध्यक्ष कमल प्रसाद चौधरीले जानकारी दिए । यस अघि साउन १४ गते आएको आएको बाढीले बर्का बसन्ताको काठेपुल बगाएको थियो ।
वडाको बसन्ता र नारायणपुर, रतनपुर जोड्ने कटैनी नदिको काठेपुल बगाए पछि नारायणपूर, रतनपुर, मोहनपुर लगायत स्थानीयहरुको वडा कार्यालय, स्वास्थ्यचौकीमा आउन समस्या देखिएको छ । पुल बगाएपछि त्यहाँका स्थानीयहरु पक्कीपुल बनाउन माग गरेका छन् ।
वडा नमबर ७ का वासिन्दाले हरेक बर्ष बर्षातमा यस्तै समस्या भोग्दै आएको वडा अध्यक्ष कमल चौधरीले बताए । उनले वडा कार्यालयको बजेट बाट पक्की पुल बनाउँन सम्भब नभएकाले प्रदेश र संघिय सरकारले यसमा ध्यान दिनु पर्ने बताएका छन् ।