धनगढी। अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वास्थ्य परिक्षण गरिएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धनगढी वडा न २ सन्तोशिटोल स्थित जानकि यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क स्वास्थ्य परिक्षण, आयुर्वेद चिकित्सक ,चेक जाच परामर्श,औषधी वितरण गरिएको हो।
स्वास्थ्य परिक्षण कार्यक्रममा ८० जनाज्येष्ठ नागरिकले स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा लिएका थिए । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको मुल धारमा ल्याउने र नसर्ने रोग जोखिम न्यूनीकरण गर्ने सरकारको उद्देश्य छ । प्रदेश सरकारको मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम अनुसार कैलालीमा केहि स्थानिय तहहरुमा जेष्ठ नागरिक कार्यक्रम लागु भएको छ।
जेष्ठ नागरिकहरुका स्वास्थ्य समस्याहरुलाइ उठान गर्ने स्वास्थ्य विमा कार्यक्रममा सहज पहुँच बनाउने तथा टोलटोलमा स्वास्थ्य परिक्षण कार्य गर्ने जस्ता कार्यक्रम रहेका छन। ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणमा तौल, उचाई, रक्तचाप, मधुमेह, पेटकको मापन, बिएम आइ, आवश्यकता अनुसारको औषधि ,स्वास्थ्य परामर्श, स्वास्थ्य शिक्षा,स्वास्थ्य विमा, योगा, व्यायाम, खानपान, आयुर्वेद चिकित्सकिय परामर्श, आयुर्वेद औषधि समेत वितरण गरेको जानकारि दिएको थियो । ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वास्थ्य परिक्षण कार्यक्रम स्वास्थ्य कार्यालयको सहयोग आयोजनामा कार्यक्रम भएको थियो।
उक्त कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय का निमित्त निर्देशक डाक्टर खगेन्द्र बम, डा.दिपिका शाहि, योग प्रशिक्षक खेम जोशि , स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट श्री मिन बहादुर धामि, स्टाफ नर्स गिता डागि, अहेव गजेन्द्र बहादुर सिह,ज्युको टोलिद्वारा स्वास्थ्य शिविर कार्यक्रम भएको हो धनगढी उपमहानगरपालिका वडा न २ स्थित जानकि यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष श्री डिज राज अवस्थि ज्यु लगाएत सम्पुर्ण ज्येष्ठ नागरिक पदाधिकारीहरु सहित सवैको उपस्थिति रहेको थियो । WHO Nepal २०१८ को प्रतिवेदनअनुसार नसर्ने रोगको भार ६० प्रतिशतबाट बढेर ६६ प्रतिशत रहेको छ। त्यसैले नसर्ने रोग जोखिम न्यूनीकरणको लागि जनचेतनामूलक सन्देश जाने साथै आफ्नो टोल छिमेकमै स्वास्थय सेवाको लाभ लिएका छन। नियमित शारीरिक व्यायाम, योगा, स्वस्थकर खाना खानु, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मधयपानको सेवन नगर्नु नै मुख्य नसर्नेको रोगको जोखिम न्यूनीकरण गर्ने उपाय रहेका छन् ।