धनगढी। शुक्रबार सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ५ का ९० बर्षीय पुरुषरहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै अस्पतालको प्रयोगशालामा शुक्रबार १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए । सो अवधिमा अस्पतालमा ६ जना भर्ना भएका छन् । हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।