धनगढी। नेपाली काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशद्धारा आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले आफ्ना मागहरूको बेवास्ता गरेको भन्दै प्रदेशका मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण ४ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
केन्द्रीय गठबन्धनको भावना अनुरूप लचिलो भइरहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले बेवास्ता गरेको प्रति नेपाली काँग्रेस संसदीय दलले आपत्ति छ । ज्ञापन पत्रमा भनिएको छ,‘केन्द्रिय गठबन्धन अनुरुप जुन ढंगले छलफल र सहकार्य हुनुपर्ने हो त्यसको कुनै लक्षण देखिएन।’ गठबन्धनलाई मान्यता दिनुपर्ने कांग्रेसको भनाई छ। नेपाली काँग्रेस र सुदूरपश्चिम सरकारको बिच पटक पटक सम्झौता र उच्च स्तरीय वार्ता भइरहँदा पनि आर्थिक वर्ष २०७८/७९ को बजेट बारे हालसम्म पनि सरकार बाट कुने ठोस निर्णय नआएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
यस्तै ज्ञापन पत्रमा भनिएको छ, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५ लाखको निर्माण सम्पन्न भएको योजनाको भुक्तानी कार्यान्वयन बारे गरे जिम्मेवारी र चरम लापरबाही भइरहेकाले तुरुन्त भुक्तानीको व्यवस्था मिलाउनुपर्ने,केन्द्रीय गठबन्धन अनुरूप छलफल नहुँदा गठबन्धनको औचित्य नभएको,प्रदेश अन्तर्गत कार्यरत कर्मचारीलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्नुपर्ने लगायतको माग राख्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र हेर्नुहोस