बझाङ। बझाङ सदरमुकाम चैनपुरको सेती नदीको किनारमा एक महिलाको शव फेला परेको छ । बुधवार दिउँसो करिब २५ वर्षीय महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बुधवार बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलमुनि नदीको किनारमा ग्याबिन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । मृतक महिलाको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको उनले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।