धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ।
बुधबार अस्पतालको प्रयोगशालामा १०१ जनाको नमूनाको कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
५ जना बिरामी निको भई घर फकिएका छन् । उनका अनुसार हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाइएको छ ।