धनगढी। धनगढीका एक युवक पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा फरार प्रतीबादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीको मिति २०७७ फागुन १९ गतेको फैसलाले १२ बर्ष कैद सजाय भई भागी फरार रहेका धनगढी १ का २१ वर्षीय तुषार चौधरीलाई पक्राउ गरिएको हो। उनलाई जबरजस्ती करणी मुद्दामा कैद सजाय सुनाएको थियो। तर उनी फरार रहेका थिए । चौधरीलाई मंगलबार अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।