डोटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले डोटीमा जिल्ला कमिटी घोषणा गरेको छ । सोमबार दिर्घ बोगटीको नेतृत्वमा केन्द्रिय सदस्य पूर्णा जोशीको प्रमूख आथित्यतामा जिल्ला कमिटी घोषणा गरिएको हो ।
जिल्ला कमिटी सदस्यको १८औं नम्बर लिष्टमा भोज नाथ योगीको नाम राखिएको छ । जिल्ला कमिटी सदस्यमा राखिएका योगीले उक्त निर्णय प्रति आफ्नो असन्तुष्टि रहेको बताएका छन् ।जिल्ला कमिटीमा आफु नरहेको, आफुनो जानकारी बिना नै कमिटीमा नाम उल्लेख भएको भन्दै युवा नेता योगीले सामाजिक संजाल फेसबुक मार्फत आफु नेकपा एकीकृत समाजवादी पार्टीमा नरहेको बताएका हुन्।
योगीले फेसबुकमा आफु व्यक्तिगत कामले काठमाण्डौंमा रहेको उल्लेख गर्दै तत्काल कुनै पार्टी संगठनमा आबद्ध नरहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोटीको जिल्ला कमटी घोषणामा मेरो नाम पनि परेको देखिन गएकोले यसमा मेरो सहमति नरहेको कुरा मेरो यसै आधिकारिक फेसबुक सञ्जालको पोष्टको विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु ।’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सोमबार १०५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको छ । यस्तै जनवर्गीय संगठन अन्तरगत ३७ सदस्यीय अखिल नेपाल महिला संगठन र ४१ सदस्यीय राष्ट्रिय युवक संगठन घोषणा गरेको छ ।