धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सोमबार अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएका हुन्।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरको भीमदत्तनगरपालिका ४ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो। यस्तै आज सेती अस्पतालको प्रयोगशालामा १ सय २२ नमुना संकलन गरिएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै १ सय ११ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । हाल अस्पतालमा ९ जना कोरोनाका बिरामी उपचाररत छन् । पछिल्लो २४ घण्टामा १ जना निको भइृ घर फर्किएका छन् । ३ जना आइसियुमा र १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।