धनगढी। धनगढीमा आज देखी कोभीड-१९ विरुद्धको (भेरोसिल खोप) को पहिलो मात्रा लगाइदै छ। धनगढी उपमहानगरपालिकाका १९ ओटै वडामा मार्फत आज देखी असोज ११ र १२ गतेसम्म ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीलाई भेरोसिल खोपको पहिलो मात्रा लगाईने भएको हो।
धनगढी उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसिल खोप लाउने कार्यक्रम रहेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए। खोप लाउन अनलाइन दर्ता भने आवश्यक रहेको छ। बिद्यार्थीको हकमा बिधालय तथा विश्व बिधालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले भनेका छन्।
उनले वडा नम्बर १८ र १९ को भने असोज ११ र १२ गते खोप लाउने जानकारी दिएका छन् । यस्तै नगरप्रमुख नृप वहादुर वडले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर तोकीएका स्थानमा आई खोप लगाउन वडा बासीमा अनुरोध गरेका छन् ।खोप तालिका हेर्नुहोस्