धनगढी। धनगढीमा कोभीड-१९ विरुद्धको (भेरोसिल खोप ) पहिलो मात्रा भोलिदेखी लगाईने भएको छ । धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा भोलि अर्थात असोज १० गते देखी कोभीड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाईने भएको हो।
उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसिल खोप लाउने कार्यक्रम छ। भोलि देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए। खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको छ।
बिद्यार्थीको हकमा बिधालय तथा विश्व बिधालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले भने । उनले वडा नम्बर १८ र १९ को भने असोज ११ र १२ गते खोप लाउने जानकारी दिएका छन् । यस्तै नगरप्रमुख नृप वहादुर वडले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन तोकीएका स्थानमा उपस्थिति भई खोप लगाउन वडा बासीमा अनुरोध गरेका छन् ।खोप तालिका हेर्नुहोस्