काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरकी छिन्। संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको ’विनियोजन विधेयक, २०७८’ नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभाबाट गत सोमबार नै पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको थियो । प्रमुख प्रतिपक्ष एमालेको अवरोधकै बीच राष्ट्रिय सभाबाट विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा पठाइएको थियो । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।