बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सीमा बसेर एकजनाले चुरोट खाइरहेको फोटो सार्वजानिक भएको छ ।
यस विषयमा वडाअध्यक्ष पदम मण्डेलले आफू काम विशेषले बाहिर रहेको र वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनु भएको छ । यस विषयमा धामीलाई के भएको भनेर वडा अध्यक्ष मण्डेलले बुझ्न खोज्दा आफूलाई पनि थाहा नभएको बताएका कारण के कारणले त्यस्तो भएको हो केही थाहा नभएको उहाँको भनाइ छ ।
झट्ट हेर्दा वडाअध्यक्ष नै हुन् की भन्ने हुन्छ तर वडाअध्यक्षको कुर्सीमा बसेर चुरोट खाने अर्कै ब्यक्ती रहेका छन् । मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सी दुरुपयोग गरेर चुरोट खाने ब्यक्ती सोही गाउँपालिकाको वडा नम्बर ७ घर भएका केशव धामी रहेको पनि खुलेको छ । धामी नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेका छन् ।