बैतडी। बैतडीका एक पसल व्यापारी मृत भेटिएका छन्। बैतडीको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।
उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए । प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ।
मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्।