डोटी। खप्तड राष्ट्रिय निकुञ्जबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले खप्तड राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ ।
शिकार गर्ने उद्देश्यले गएका दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं १ बस्ने ५९ बर्षका दिल बहादुर जेठारा र ३५ बर्षीय विरेन्द्र बहादुर कार्कीलाई पौवागढी भन्ने स्थानबाट पक्राउ गरेको सेनाले जनाएको छ।
उनीहरुको साथबाट भरुवा बन्दुक नाल एउटा, ५ थान बन्दुकको गोली, २ थान बारुदको डिब्बा र १ थान भरुवा बन्दुकको केप डिब्बा बरामद गरिएको सेनाले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको मुख्य कार्यालय बाजुरामा बुझाईएको छ ।