डोटी। डोटीको सिद्धेश्वर माध्यमिक विद्यालयका बिद्यार्थीलाई झोला वितरण गरिएको छ । सामाजिक अभियान्ता योगेन्द्र रावतको समन्वय तथा प्रेम पुर्ण प्रताप फाउन्डेसन नेपालका संरक्षक पदमा प्रधानको सहयोगमा प्राप्त भएका झोला वितरण गरिएको हो।
भिमेश्वर नगरपालीका वडा नम्बर २ दोलखा र गहनान सामुदायिक युवा क्लब शिखर नगरपालीका १० डोटीको सहयोगमा विद्यालयका प्रावि तहका बिद्यार्थीहरुलाई ८० थान झोला वितरण गरिएको हो। यस अघि नै झोला बितरण गर्ने योजना रहेपनी देशमा विद्यमान लकडाउन कारण बाड्न नसकिएकोले परिस्थिति अनुकूलपछि आज बितरण गरिएको हो।विद्यालयमा आयोजना गरिएको शैक्षिक सामाग्री तथा झोला हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि शिखर नगरपालीका १० वडा अध्यक्ष मीन बलायरले बिद्यार्थीहरुलाई झोला तथा शैक्षीक सामाग्री हस्तान्तरण गरेका हुन्। वडा अध्यक्ष बलायरले अभियान्ता योगेन्द्र रावत र फाउन्डेसन संरक्षक पदमा प्रधानको सहयोग निकै महत्वपुर्ण रहेको जानकारी दिए। यस्तो सहयोगले बिद्यालय परिवार तथा बिद्यार्थीका लागी रचनात्मक कार्य भएको भन्दै धन्यवाद ब्यक्त गरे। यस्तै सिद्धेश्वर माद्यामिक विद्यालाय बानेडुङ्ग्रीसैन डोटीले झोला उपलब्ध गराउन हुने प्रेम पुर्ण प्रताप फाउन्डेसनको संरक्षक पदमा प्रधान र गहनान सामुदायिक युवा क्लबका अध्यक्ष तथा सामाजिक अभियानता योगेन्द्र रावतलाई सम्मान पत्रबाट सम्मानित गरेका छ्न। साथै बिद्यालय परिवार लगायत सम्पुर्णले सहयोगीमा उच्च सम्मान तथा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यसरी नै सहयोग गर्ने अपेक्षा पनी ब्यक्त गरेका छ्न। कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण सहयोगी, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक र अभिभावकमा विशेष धन्यवाद व्यक्त गरिएको छ ।