धनगढी : नेपाली काग्रेंस कैलालीका नेता तथा धनगढी उप महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण प्रसाद बरालले बिकास गर्न काग्रेंसले सिक्यो बोल्न कम्युनिस्टले सिकेको टिप्पणी गरेका छन् । सुप मिडियाको एस टिभि टकमा पत्रकार दिनेश बिष्टसंग कुरा गर्दै बरालले बिकास अरुले गर्ने तर मैले गरे भनेर झुट बोल्न कम्युनिस्ट निकै बाँठा भएको टिप्पणी गरेका हुन् ।
मेरो वडाका ८ जना सांसद छन् केन्द्र देखी प्रदेशसम्म तर केन्द्र र प्रदेशबाट कति बजेट आयो छर्लगं छ उनले भने ‘प्रदेशको नेपालु चौधरीले १० लाखको नाली हाल्नुभाछ संघको माननिय नारदमुनी रानालाई त यहाँका सडकको टेन्डर भएपछि थाहा पाउनुभाको हो तर उहाँनै भन्नुहुन्छ सबै मैले गरेको हुँ भनेर ।’
संघबाट हुलाकीको बजेट आएको हो तर उहाँको पहलमा होइन २ नम्बर क्षेत्रका सांसदको सिफारिशमा आएको छ उहाँलाइ त टेन्डर हुने बेला थाहा भएको हो बरालले भने ‘यहाँको बिकास कसको पहलमा भएको हो कहाँ भएको हो सबै प्रमाणले बोल्छ मलाई प्रमाण ल्या भने लिएर देखाउँछु ।’
हम्रो माननिय ज्युले सडक बनाउने वडा अध्यक्ष मेयरको हैसियत हुँदैन उसै फुर्ति लाउँछन भनेर भन्नु भएछ हाँसो उठेर आउँछ मलाई झुट बोल्नुको सिमा हुन्छ नी उनले भने ‘नगरेको कामलाई मैले गरेको हो भनेर अली लाज मान्नुपर्छ जनता लाटा छैनन् कसले कहाँ के गरेको छ सबै प्रस्ट छ त्यस कारण झुट बोल्ने होइन काम गर्ने हो ।’
हामीले घरबाट पैँसा ल्याएर बिकास गरेका केही होइनौँ उनले भने ‘बजेट जनताको हो हामीले पहल र मेहेनत गरेका हौँ यसमापनि दोहोरी गर्नुभन्दा सत्य बोल्नुपर्छ म १ प्रतिशत झुट बोल्दैन काम हेर्नुस मेरो ७५ प्रतिशत भन्दा बढी काम सकिसकेको छु बाँकी कार्यकालमा अँझ धेरै हुन्छ ।’