दार्चुला। भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका ९ बलाँचका ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार मध्यान १२ः३० घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला उनी लडेर घाइते भएकी थिईन्। घाईते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्तले बताएका छन्।