धनगढी। सेती अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा बझाङ शुर्मा ४ का ७७ बर्षिया पुरुष र शुर्मा २ का ४० बर्षिया पुरुष रहेको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । यस्तै अस्पतालको प्रयोगशालामा सोमबार थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६२ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा ५ जना संक्रमित निको भई घर फर्किएका छन् । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।