बाजुरा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई आफ्नै गृह जिल्ला बाजुरामा कालो झन्डा देखाइएको छ । बाजुरा पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई आफ्नै गृह जिल्लाका नेपाली काँग्रेसकै कार्यक्रताहरुले कालो झन्डा देखाएका हुन् ।
आसन्न नेपाली काँग्रेसको अधिबेशन तयारीका लागि बाजुरा पुगेका केन्द्रीय सदस्य पाण्डेलाई शनिबार पार्टी कार्यालयमै पुगेर कार्यक्रताहरुले कालो झन्डा देखाएर प्रदर्शन समेत गरेका हुन्। असोज ५ गते देखी वडा तहबाट हुने अधिबेशनको तयारीका लागि बसेको बैठकमे गएर कार्यक्रताहरुले नाराबाजी सहित कालो झण्डा प्रदशन गरेका थिए।
जिल्लाका अधिकाँस कार्यकर्ताहरुको कृयाशिल सदस्यता काटिदिएको आरोपमा केन्द्रीय सदस्य पाण्डेको बिरुद्धमा नाराबाजी गर्नुका साथै नेता पाण्डेलाई कालो झण्डा देखाएका थिए। आज नेपाली काँग्रेस बाजुराका शिर्ष नेताहरुको बैठक जिल्ला स्थित बिपी स्मृती भवनमा बसीरहेको छ । सोही अबसर पारी केन्द्रीय सदस्य पाण्डेलाइ कालो झण्डा देखाएका हुन ।