धनगढी। नेपाल महिला परिवार दलको पुनः गठन तथा कृयासिल सदस्यता वितरण गरिएको छ। शनिबार नेपाल महिला परिवार जिल्ला कार्य समितीको दोस्रो बैठक बसी आयोजना गरेको भेटघाट कार्यक्रममा पार्टीको कृयाशिल सदस्यता वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि परिवार दलकि नेतृ केन्द्रीय सदस्य बिस्नु कुमारी घिमिरेले हरेक क्षेत्रमा महिला अगाडी बढ्नुपर्ने बताएकी छिन्। महिलाहरु आर्थिक सामाजिक तथा राजनितीक क्षेत्रमा सक्रिय भएमा मात्रै महिलाहरु सवल बन्ने जानकारी दिदै हरेक क्षेत्रमा महिलालाई स्थान र सम्मान दिइनुपर्ने उनले बताईन्। देशको राजनिती सुधार गर्न पनी अब महिला नै अग्रसर भएर पनी लाग्न सुझाब दिइन्।पार्टीको बारेमा परिवार दलका सयोजक खडक नागरीले देशमा वैकल्पिक शक्ति पार्टीको आवस्यक रहेको जानकारी दिए । उनले भने, ठूला राजनितीक पार्टीले देश र जन्ताको भावना अनुसार काम गर्न नसकेको भन्दै ठूला पार्टीको काम नभएको र यो देशमा वैकल्पिक शक्ति पार्टीको आवस्यक रहेको बताए । जस्का लागी अब अब परिवार दलले मात्रै देश र जन्ताको आवस्यकता पूरा गर्ने नागरीले जानकारी दिए ।यस्तै केन्द्रीय सदस्य शंकर ढकालले पार्टीले सरकारमा हुदा सबैभन्दा विकास गरेको बारेमा बताएका थिए । यस्तै भेटघाट कार्यक्रममा पार्टीको कृयाशिल सदस्यता वितरण गरिएको छ भने बिस्नु कुमारी घिमिरेको अध्यक्षतामा नेपाल महिला परिवारको समिति गठन गरिएको छ । अतिथि परिवार दलका सुदूरपश्चिम प्रदेशका खडक नागरी, पार्टीका केन्द्रीय सदस्य शंकर राज ढकाल, प्रदेश सदस्य सीता पाठक ,लक्ष्मी नागरी सोनिया सिलाधर ब्युटिसेन अफ एसोसिएसन का सदस्य इन्द्रा राना सहित नेपाल महिला परिवारको समितिको पुर्न गठन गरिएको हो । जस्को अध्यक्षमा बिस्नु कुमारी घिमिरे, उपाध्यक्ष लक्ष्मी नागरी,सचिव स्सोनिया सिलाधर, सह-सचिव सीता पाठक, कोषाध्यक्ष इन्द्रा राना, सदस्य सल्मा चौधरी, सिमा चौधरी, करुणा शर्मा, जानू चौधरी, कमला चौधरी, सुनिता राना, समित्रा राना, सम्झना चौधरी, पार्वती चौधरी, भिवा सिलाधर, पुजा राना, सन्जु चौधरी, सुनिता चौधरी, माया चौधरी, सुनिता चौधरी, रेखा साउदलाई गठन गरिएको हो ।
यस्तै, नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एक नाथ ढकालले भिडियोकल मार्फत महिलालाई सम्मान गर्नुपनेमा जोड दिए । केन्द्रीय अध्यक्ष ढकालले हरेक क्षेत्रमा महिलालाई पछाडि पारिएकोले अब महिलालाई सम्मान गर्नुपर्ने र देशमा महिला मैत्रीपूर्ण बनाउनुपर्ने कुरामा जोड दिएका छन्। देशमा सहि किसीमको राजनिती संस्कार र ब्यवहार हुन नसकेको भन्दै अब देशलाइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति ल्याउनुपर्छ उनले भने। साथै हाम्रो पार्टीको धारणा पनी यही छ उनले भनेका छन्।