धनगढी। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गोदावरीमा राजधानी बनाउन जग्गा प्राप्तीमा पुर्वप्रधान मन्त्री केपीशर्मा ओली बाधक बनेको बताएका छन् ।
विहिबार अत्तरीयामा पार्टीको गोदावरी नगरकमीटी भेलालाई सम्बोधन गर्दै सोडारीले आफुले गोदावरीमा राजधानी बनाउन प्रस्ताव गरेर प्रदेश सभा बाट पास गरे पनि ओलीले सो निर्णय कार्यन्वय गर्न नदिएको बताए । सोडारीले भने‘राजधानी बनाउन मेरै नेतृत्वमा धेरै मेहन गरीयो । तत्कालीन प्रधानमन्त्री ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, जग्गा प्राप्तीको लागि पहल गरीयो, । अहिले सम्म जग्गा उपलब्ध गराउन दिएनन् । अहिले प्रदेश सभा धनगढीमै चलाउन बाध्य भएका छौं । ओलीले जतिनै षडयन्त्र गरे पनी राजधानी गोदावरी बनाएरै छाड्ने सोडारीले उद्धघोष गरे ।
यस्तै सोडारीले नेपाल क्म्युनिस्ट पार्टी (एकीकृत समाजबादी) सुदूरपश्चिमले पहिलो नगर कमिटी भेला कैलालीको गोदावरी बाट सुरुवात भएको बताए । प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिका बाट समाजबबादि यात्रा कमिटीगत रुपमा सुरु गरिएको औल्याए । सोडारीले कैmलाली जिल्लालाई पार्टी पहिलो पार्टी बनाउने दावि गरे ।
यस्तै कार्यक्रममा सुदूरपश्चीम प्रदेशकी भौतिक पुर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी, नेकपा (एकीकृत समाजबादी) पार्टीको प्रदेश कमिटी सदस्य खडक बम, चेत बहादुर रोकाया, पुराना कम्युनिष्ट नेता कुमार निरौंला, मुक्ती समाज कैलाली चक्र विक, अनेमा संघ कैलाली अध्यक्ष गिता सोडारी, जिल्ला सदस्य जिल्ला सदस्य भिम बोगटी, खम्म बुढा लागएतकाले शुभकामना मन्तव्य राखेका थिए । गोदावरी नगरउप्रमुख रत्ना कडायतले स्वागत गरेको कार्यक्रमको संचालन धन बहादुर खड्काले गरेका थिए ।