कैलालीको धनगढीमा मानवअधिकारमैत्री पत्रकारिता सम्बन्धी तीन दिने तालिम बुधबारदेखि शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटिको सहयोग र राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा सो तालिम शुरु भएको हो ।
तालिमको एक समारोहकाबिच आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले समुदघाटन गरेकी थिइन । सो अवसरमा बोल्दै मन्त्री जोशीले राज्य संचानलन देखि समाजलाई सकारात्मक बाटोमा दोहोर्याउने गरी सञ्चारकर्मीले काम गर्नुपर्ने बताइन ।
उनले मानवअधिकारको अभियानलाई सार्थकता बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताइन । उनले भनिन –‘पत्रकारको काम जनतालाई सुसूचित मात्र होइन मानवअधिकारको वकालत पनि गरिरहेका छन ।’ उनले सञ्चारकर्मी र राज्यले संगसंगै हिड्नुपर्नेमा जोड दिइन ।
उनले भनिन –‘सरकारका राम्रा पक्षका बारेमा पनि जनतामा सुसूचित गर्नुहोस । नकारात्मक पक्षको संवादबाट सच्याउ“दै अघि बढौं ।’
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले सञ्चारकर्मी मानवअधिकारका विषयमा गम्भिर हुनुपर्ने बताए । उनले भने –‘अहिले पनि हामीले जानी वा नजानी कतिपय सञ्चारमाध्यममा त्रृटी देखिन्छन । मानवअधिकारको प्रवद्र्धन गर्न यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्छ ।’
आयोगकी सदस्य लिली थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले गरेका थिए ।
पत्रकारको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको सो तालिममा प्रदेशका आठ जिल्लाका २७ जना पत्रकारहरुको सहभागिता रहेको जनाइएको छ ।