धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालन गर्ने बताएका छन् ।
आज कैलाली उद्योग बाणिज्य संघको सभाहलमा आयोजीत गेटा मेडिकल कलेज सन्चालन मोडल बारे छलफल कार्यक्रममा पूर्व मन्त्री भट्टले सो कुरा बताएका हुन् । सरोकारबाला पक्ष सँग छलफल गर्दै उनले गेटा मेडिकल कलेज,स्वास्थ्य विज्ञान प्रतिष्ठान,कलेज अथवा विश्व विद्यालय जे बने पनि जसरी पनी सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई थियो ।
मन्त्री भट्टले भने, सञ्चालनका लागि केही काम भइसकेको र केही हुन बाँकी छ, गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्छ, उनले भने । यस्तै,कार्यक्रममा बोल्दै पूर्व मन्त्री भट्टले सुख्खा बन्दरगाह बन्न नदिने खेल सुरु भएको दाबी गरे, उनले भने “केही राजनीतिक व्यक्तिहरूले सुख्खा बन्दरगाह बन्न नदिन केन्द्रमा बाधा गरिरहेको भन्दै विकासका नाममा राजनीति नगर्न उनले अनुरोध समेत गरे । उनले भने, सुख्खा बन्दरगाह सुदुरपश्चिम प्रदेशको मात्र नभई देशकै मुहार फेर्ने गरी बन्न लागेको र यस्मा कसैबाट विरोध हुन नहुने भने ।
बिकासको काममा कुनै कसैको पार्टी नभनी जिम्मेबार भएर काम गर्नुपर्ने बताए । पूर्व मन्त्री भट्टले सुख्खा बन्दरगाह बनेमा प्रदेशको आर्थिक, सामाजिक विकास मानिसहरूको आयस्तरमा वृद्र्धि तथा रोजगारीको पनि सृजना हुने उनको भनाइ छ । भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्त्वपूर्ण नाका दोधाराचादनी नै बन्नेछ । यहाँबाट सामान ल्याउन लागतमा पनि कमी आउँछ । उनले पश्चिमा मुलुकहरूसँग व्यापार व्यवसाय विस्तारका लागि सुख्खा बन्दरगाहले ठूलो योगदान पुराउने बताए । विकासको लागि सबै भन्दा महत्त्वपूर्ण कुरा हामी एक ठाउँमा उभिनु नै भएको बताए । हामी जुन सुकै दलका भए पनि सबै भन्दा पहिले सुदूरपश्चिमको विकासका लागि सोच्न जरुरी रहेको उनले बताएका छन् ।