धनगढी। कैलालीको गोदावरीमा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिकास्थित महेन्द्रनगर रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
गोदावरीबाट महेन्द्रनगरतर्फ गइरहेको धनगढी २ बस्ने जिवन खत्रीले चलाएको से २ प ८०८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गोदावरी ३ बस्ने ३१ वर्षीय राजेन्द्र विकले चलाएको से ६ प ९२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।