धनगढी : धनगढी, खुटिया, स्याउले सडक निर्माणमा पुर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य प्रेम आलेले बाधा गरेको प्रतिनिधीसभा सदस्य नारदमुनी रानाले प्रस्ट पारेका छन् ।
सुप मिटियाको एस टिभी टकमा पत्रकार दिनेश बिष्टसंग कुरा गर्दै पुर्ब बन तथा वातावरण मन्त्री समेत रहेका रानाले सडकको टेण्डर हुन ढिलाई हुनुमा प्रेम आलेले बाधा गरेको बताए ।
धनगढीका जनताको मसित धेरै आशा थियो उनले भने ‘म निर्वाचित भएसंगै सो सडक निर्माणका लागी पहल चालेको थिए तर बिचमा दिपायलसम्मैका लागी नबन्दासम्म अगाडी बढ्न नदिने भनेर आले जीले बाधा गरिराख्नुभाथ्यो पछि कुरा मिलिहाल्यो ।’
अहिले २० किलोमिटर पिच गर्नका लागी धनगढी, खुटिया, स्याउले, दिपायल सडकका लागी टेण्डर भइसकेको छ उनले भने ‘म आज धेरै खुशी छु मैले भनेको काम ढिलै भएपनि गरे मेरै कार्यकालमा टेण्डर भइसकेको छ अब चाँडै निर्माण सम्पन्न हुन्छ कसैले गफ लाएर होइन काम गरेर देखाउनुपर्छ ।’