धनगढी। आइतबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण नभएको जनाईएको छ। सेती प्रदेशिक अस्पतालमा हाल अस्पतालमा १६ कोरोना संक्रमित उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन । अस्पतालमा कोरोना संक्रमित मध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।