डडेल्धुरा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा विवादका बीच वडा अधिवेशन अगाडि बढेको भन्दै जिल्ला सभापति कर्ण मल्ल पक्षले असन्तुष्ट ब्यक्त गर्दै अदालत जाने बताएको छ ।
विवादका बीच भदौ २५ गते जिल्ला सभापतिको वहिस्कारका बीच काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद रोकिएको थियो। डडेल्धुरामा कांग्रेसको वडा अधिवेशन गर्ने तयारी बन्दै गइरहेको बेला सदस्यता विवादपछि देउवा पक्ष पेलेरै जाने तयारीमा थियो भने मल्ल पक्ष बिथोल्ने होडमा उत्रिएको थियो।
२१ गते विवाद निरूपण गरी केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता सूची जिल्ला पठाए पनि जिल्ला सभापति कर्णबहादुर मल्लले उक्त सूची अस्वीकार गरेपछि डडेल्धुरामा विवाद झन मच्चिएको थियो । मल्ल पक्षले निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बममाथि हातपात गर्नेदेखि अधिवेशन स्थगितको घोषणासम्म गरेको थियो । तर जिल्ला सभापति मल्लले निर्वाचन नियमावली विपरीत वडा अधिवेशन स्थगितको घोषणा गरे पनि शुक्रबार अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मल्ल निकट कार्यकर्ता पंक्ति भने अधिवेशनमा सहभागी भएको छैन ।
जिल्ला सभापति कर्णबहादुर मल्लले एकलौटी रूपमा गरिएको अधिवेशनबाट आएको नेतृत्व स्वीकार्य नहुने बताए । साथै उनले त्यसका विरुद्ध सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए ।जिल्ला सभापति मल्लले एकलौटी रुपमा भएको अधिवेशन वैध नहुने जानकारी दिदै ‘कागजात संकलन गरी त्यस कार्य विरुद्ध न्यायका लागि सर्वोच्च जाने जानकारी दिएका छन् । उनले भने , ९ जिल्लाबाट सुरक्षाकर्मी खटाएर कडा सुरक्षाका साथ अवैध रुपमा अधिवेशन गरिएको छ, । एकातिर ‘केन्द्रीय सभापति ज्यूले गृहजिल्लाकै विवाद मिलाउन सकेनन् र अर्को तिर ,’ ‘उल्टै पेलेरै अधिवेशन गरिएको छ।
यसरी गरिएको निर्वाचनले आफ्नै पार्टीमा द्धन्द्ध बढने र अर्को पार्टीसंग लड्दा असर पर्ने मल्लले भने । प्रधानमन्त्री शेरबहादुर देउवाको शक्तिलाई पूर्णरुपमा दुरुपयोग गरेको आरोप मल्लको छ । वडादेखि जिल्लासम्मका नेतृत्व तथा जिल्लाबाट पठाइएको क्रियाशिल सदस्यको नाम हटाएर केन्द्रबाट नयाँ सदस्य थपिएको भन्दै सभापति मल्ल समूहले असन्तुष्टि जनाएको छ । यसअघि २५ गते तय भएको अधिवेशन जिल्ला सभापतिले विज्ञप्ती जारी गर्दै स्थगित भएको बताएका थिए। तर निर्वाचन समितिले भने निर्धारित समयमै अधिवेशन गरेको हो। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ।